लोक सेवा आयोगको चौथो सम्मेलन सुर्खेतमा शुरु

सुर्खेत – लोकसेवा आयोगको चौथो सम्मेलन आजबाट सुर्खेतमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गर्नुभयो । विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको उहाँको भनाइ छ ।
उद्घाटन सत्रमा कर्णाली प्रदेशका कायममुकायम मुख्यसचिव चुडामणी पौडेल, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शुभकामना मन्तव्य दिनुभयो ।
यसैगरी, लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष डा.डिलाराम भट्टराई, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष सजना दाहाल र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा सुजाता देवले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनमा सातवटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता छ। सुर्खेत घोषणापत्र जारी गर्दै विहिबार सम्मेलन सम्पन्न हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्