नवनियुक्त १६ मन्त्रीले लिए शपथ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

प्रधानमन्त्रीले हिजो तीन जना मन्त्री मण्डल विस्तार गर्नु भएका प्रधानमन्त्रीले आज १६ जना मन्त्री थप गर्दै नयाँ समीकरणबाट दोस्रो पटक बुधबार मन्त्रिपरिषद् गर्नु भएको हो।

एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्री सपथ लिनु भएको छ । भने बाकी १६ जनाले मन्त्रीको सपथ लिनु भएको छ ।

बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बन्न सक्ने संवैधानिक ब्यवस्था अनुसार २० सदस्यी मन्त्रीमण्डल बनि सकेको छ भने नयाँ सत्ता समीकरणको सहयात्री बनेको उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी दल भने सरकारमा सहभागी भएन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री आफ्नो कायमै रहनुपर्ने प्रष्ट प्रतिवद्धता नआएसम्म समीकरणमा भएपनि मन्त्रीमण्डलमा सहभागी हुन नसकिने संकेत जसपाले गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजबादी गरी चार दल मात्र सरकारमा सहभागी रहेका छन् ।

कुन दल बाट को बने मन्त्री ? यस्तो छ सूची:

नेकपा एमालेबाट 

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवती चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्रबाट 

९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

१०) वर्षमान पुन, अर्थ

११) शक्ति बस्नेत, उर्जा

१२) रेखा शर्मा, सञ्चार

१३) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट 

१४) रवि लामिछाने, उपप्रधान तथा गृह

१५) डिपी अर्याल, श्रम

१६) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

१७) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट 

१८) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

१९) धनबहादुर बुढा, शहरी विकास

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.