सुनको मुल्यमा फेरी अर्को रेकर्ड

काठमाडौं- नेपाली बजारमा सुनको मुल्यले फेरी अर्को रेकर्ड बनाएको छ । विगत ५ दिनदेखि सुन मुल्य दिन दिनै बढेर रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रति तोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो ।

आज तेजावी सुनको अुल्य १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदी पनि गत शुक्रवार कारोवार भएको मुल्यको तुलनामा प्रति तोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोवार भइ रहेको छ ।

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि मूल्य समायोजन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.