पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउन पहल

मकवानपुर- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वडा कार्यालय र स्थानीयवासी जुटेका हुन् ।

पालुङ गढीसम्म पुग्नका लागि पैदल मार्ग तथा मनोरञ्जन स्थल निर्माण कार्य सुरु गरिएको छ । २ नं. वडाले पालुङ गढीको संरक्षण एवम् प्रवर्द्धनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरेसँगै स्थानीयले पालुङ गढी पिकनिक स्पोर्ट निर्माण समिति गठन गरेर कामको थालनी गरेका हुन् ।

वडाबाट विनियोजित बजेट र स्थानीयको दुई लाख ५० हजार श्रमदानमा काम सुरु भएको हो । एकसय मिटर लम्बाईको सिँढी निर्माण कार्य सुरु भएको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो ।

६० घरधुरी रहेको थाहा-२ गैरीगाउँका प्रत्येक घरले चार दिन श्रमदान गर्ने निर्णय गरेका छन् । एकसय मिटर कालो ढुङ्गाको सिढीँलाई आकर्षक बनाउन दायाँबायाँ फलामे बार र प्रत्येक बारको दुई भागमा एक सय वटा फाइवरको फेम भएको बत्ती राखिने योजना बनाइएको छ ।

वडाले उपलब्ध गराएको बजेटले सिँढी निर्माण मात्रै हुनेभएपछि समितिले अन्य भौतिक संरचना निर्माणका लागि सहयोगी हातलाई आव्हन गरेको छ । हालसम्म सहयोगी दातामार्फत् ६० हजार रुपैयाँ संकलन भएको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.