राष्ट्रिय सभा अध्यक्षकालागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडाै- राष्ट्रियसभा अध्यक्षकाे निर्वाचनकालागि नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल तथा नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहनुभएकाे छ ।


यस्तै नेपाली कांग्रेसका उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टीका शेखरकुमार सिंह हुनुहुन्छ ।
राष्ट्रियसभाकाे भोलि बस्ने बैठकमा अध्यक्षकालागि निर्वाचन हुदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.