पर्सामा एकैदिन १७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए
पर्सा- विरगञ्जबाट एकैदिन १७७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक तथा
नेशनल मेडिकल कलेजको आईसोलेशनबाट ८ जना तथा पर्साका विभिन्न होम आईशोलेशनबाट १ सय ६९ जना गरी १७७ जना कोरोना निको भई घर फर्किएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले बताउनु भयो ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको आईसोलेशनमा उपचारको क्रममा रहेका थप एक जना ७७ बर्षीय पुरुषको मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।-
प्रतिक्रिया राख्नुहोस्