बर्षाका कारण पाल्पाका अधिकांश सडकहरु अवरुद्ध

पाल्पा: केही दिनदेखि परेको अविरल वर्षासंगै पहिरो खसेका कारण पाल्पामा अधिकांश सडकहरु अवरुद्ध भएका छन ।

अविरल वर्षासँगै पहिरो खसेर सिदार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकको डुम्रेस्थित गौडे पुल, दोभानको पौथेडाडा र सिद्धबाबाको नाग मन्दिर लगायतका स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै तानसेन रिडि सडकखण्डको भैरबस्थान नजिकै रुखसहितको पहिरो खसेर सडक अवरुद्ध भएकोमा पहिरो हटाएर सडक सुचारू गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

उता तानसेन रानिमहल सडक, आर्यभञ्याङ रामपुर सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सुचना अधिकारी गिरीले बताउनुभयो। गएरातिदेखि नै ठूलो पानी परेका कारण जिल्लाका ग्रामिण बस्ती जोड्ने सबैजसो सडकमा पहिरो खसेको हुँदा स्थानीय तहहरु तथा सडक डिभिजन पाल्पाको सहयोगमा पहिरो पन्छाउने कार्य भएको प्रहरीले जनाएको छ । जिल्लामा यसवर्ष पहिरोमा परि ६ जनाले ज्यान गुमाएका छन । यस्तै दुइघरमा पहिरोले पूर्ण क्षति पुर्‍याएको र अन्य दुइदर्जनबढी घरहरु उच्च जोखिममा रहेको जिल्ल विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.