कोरोना विरुद्दको खोप परिक्षण सफलतातर्फ उन्मुख

काठमाडौं,श्रावण ०६:कोरोनाभाइरस विरुद्ध बेलायत र चीनले विकास गरेका दुई खोपहरूले रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको छ । साथै ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका छन् । मानवको लागि सुरक्षित प्रमाणित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी छ ।  बेलायतमा एक हजारभन्दा बढी वयस्क उमेरकाहरूमा गरिएको पहिलो परीक्षणबाट खोपले नोबेल कोरोना भाइरसको बिरूद्ध कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया देखाएको थियो । खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारी विरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ । त्यस्तै चीनमा ५ सय भन्दा बढी मानिसहरुमा गरिएको अर्को परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ । यसबारे द लान्सेट नामक मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.