बेलायत र चीनमा विकशित कोरोनाभाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल

कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् ।

ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् ।

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ ।

बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो । खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकशित खोपको सफलतासँगै बेलायत सरकारले खोपको १० करोड मात्राको माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ ।

यसबारे ‘द लान्सेट नामक मेडिकल जोर्नल’ (अनुसन्धानमुलक पत्रिका) मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको हो ।

अनुसन्धानमा सहभागी अध्ययनका लेखकहरूले भने कि तिनीहरूले खोप उम्मेदवारहरूबाट केही प्रतिकूल (साइड इफेक्ट) को सामना गरे । उनीहरूले विशेष गरी वयस्कहरूमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्कहरू, जो असान्दर्भिक रूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोपहरू ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.