कोरोना महामारीकोअझ खराब स्थिति आउने ट्रम्पको चेतावनी

अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा कोरोनाको महामारी अन्त्य हुनु अघि अझ खराब परिस्थिति आउन सक्ने भन्दै सचेत गराउनु भएको छ । कोरोना भाइरस सम्बन्धी ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नु भएको हो ।

सम्पूर्ण अमेरिकीहरुलाई मास्क लगाउनु अनुरोध गर्दै राष्ट्रपति ट्रम्पले यसले रोग नियन्त्रणमा प्रभाव पार्ने भएकाले देशभक्ति देखाउन समेत आग्रह गर्नुभयो । ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्प आफैंले भने मास्क लगाउनु भएको थिएन । तर उहाँले सम्बोधन लगत्तै व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग गर्नुभयो ।

राष्ट्रपतिका सहयोगीहरूले अमेरिकामा संक्रमणको दर बढ्ने क्रम नरोकिएकाले नयाँ नीति अवलम्बन गर्न सुझाव दिएका छन् । अमेरिकामा हालसम्म ४० लाख २५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसै गरी कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ४४ हजारभन्दा बढी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.