हुम्लाका ४ वटा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र

हुम्ला- ठेकेदारहरुको अटेरीले हुम्ला जिल्लाका ४ वटा निर्माणधिन झोलुङ्गे पुल अलपत्र परेका छन् । ठेकेदारहरुले समयमै काम नगर्दा जिल्लाका ४ वटा झुलुङ्गे पुल निर्माणको काम अलपत्र परेका हुन् ।

नाम्खा-५ मुचु झुलुङे पुल, सिमकोट-४ बराउँसे घटेखोला, सिमकोट-७ कै चारटाँङे चौगानफयाँ र सर्केगाडको गोठी र रोडिकोट बिचको बालुखोलाका पुल सामानको जिम्मा लिएका ठेकेदारले समयमा सामान नदिदा बन्न नसकेको हो ।

हाल जिल्लाका विभिन्न गाउँघर जोडने पुलको अन्य काम उपभोक्ता समितिले समयमै सकेपनि ठेकेदारको अटेरी गर्दा सामान ढुवानीमा ढिलाई भएको पाइएको छ ।

जिल्लाका ११ झुलुङ्गे पुलमध्ये ७ वटा पुल निर्माणको काम सम्पन्न भईसकेको छ । ढकानीकुना श्रीनगर,मछारी खोला कालिका,खारखोला दार्मा,मिमि खोला पोरीगाउँ खोला नेप्का सिक्पा खोला पुल निर्माण कार्य सम्पन्न भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.