सीमा नाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

धनुषा- मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । हिजो सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना सङ्क्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछुपी भित्रिने गरिएको उल्लेख गर्नुहुँदै उहाँले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप कडा गर्नुपर्ने बताउनुभयो । बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना सङ्क्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिनुभएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराउनुभयो ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट भए-गरेको कामकाजको प्रगतिबारे जानकारी लिनुहुँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.