भारतमा एकैदिन ५० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । हिजो एकैदिन ५० हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ । भारतमा हिजो मात्रै ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ ।

यसैबीच विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ । कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा हिजो भने कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ ।

विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.