खर्चिलो निर्वाचन भ्रष्टाचारको मुख्य कारण
संसदीय समितिमा निर्वाचन आयोगको प्रतिवेदनमाथि छलफल

काठमाडौं-प्रतिनिधि सभाको राज्य ब्यवस्था तथा सुशासन समितिको संसद सचिवालय सिंहदरवारमा बसेको बैठकमा निर्वाचन आयोगको बार्षिक प्रतिवेदनमा छलफल भएको छ ।
प्रतिवेदनका निष्कर्ष बारे समितिलाई जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रणाली ब्यवस्थित गर्न सम्बन्धित सबै कानूनहरुलाई एकिकृत गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले निर्बाचन आचार सँहिताको समुचित पालना नहुँदा निर्वाचन खर्चिलो हुनुका साथै बिभिन्न बिकृतिहरु बढेको बताउनुभयो ।
बैठकमा साँसदहरुले निर्वाचन मितव्ययी बनाउन उपयुक्त कानून बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँहरुले निर्वाचन खर्चिलो हुँदा भ्रष्टाचार मौलाएको पनि बताउनुभयो । बैठकमा बिदेशमा रहेका नेपालीहरुको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मतदाता नामावली अद्यावधिक गर्ने, मतदाताहरुको दोहरो नामावलीको बिद्यमान समस्या सुल्झाउनु पर्ने जस्ता बिषयहरु उठाइएका थिए ।
बैठकको अध्यक्षता गरिरहनुभएकी समिति सभापति शशी श्रेष्ठले निर्वाचन प्रणालीलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने कानून निर्माणमा समितिको सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्दै आयोगलाई आफ्ना आवश्यकताहरु बारे स्पष्ट हुन आग्रह गर्नुभयो ।।





प्रतिक्रिया राख्नुहोस्