नागढुंगाभन्दा साँगा नाकाबाट उपत्यका आउने बढी संक्रमित !

उपत्यकामा मात्रै थप ४५ जनामा कोरोना पुष्टि

काठमाडौं– काठमाडौं उपत्यका प्रवेश गर्ने तीन नाकामा सरकारले टोली खटाएरै कोरोना भाइरसको स्वाब संकलन गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती नाकाबाट मात्रै १० हजार जनाको नमूना परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

सरकारले ८ हजार ४ सय १ जनाको नमूना संकलन गरेकोमा ३ हजार ४ सय ७३ जनाको परीक्षण भएको छ । तीमध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नागढुंगा नाकाबाट लिइएको नमूनामध्ये २ हजार ३ सय २ जनाको परीक्षण गर्दा ३ तीन जनामा संक्रमण पुष्टि भएको छ भने फर्पिङ नाकाबाट आएका ७ सय ४१ जनाको परीक्षण गर्दा १० जना संक्रमित भएका छन् । साँगा नाकाबाट भित्रिएका ४ सय ३० जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा मात्रै थप ४५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.