इटहरी उपमहानगरपालिका कार्यालयको काम बन्द

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलार्ई कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका र सबै वडा कार्यालयको काम बन्द गरिएको छ ।

उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गरिने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको उपमहानरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले जानकारी दिनुभयो ।

इटहरीभित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा  व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने निर्णय पनि गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.