मेची अस्पतालमा पीसीआर प्रयोगशाला

झापा– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षणका लागी पीसीआर प्रयोगशाला स्थापना गरिएको छ ।

प्रदेश नं. १ मा कोरोना संक्रमण बढ्दै गएपछि परीक्षणको दायरा बढाउन प्रदेश सरकारको सहयोगमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापनाका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको र पीसीआर मेसिन लगायतका उपकरणहरु जडान कार्य भइरहेको छ ।

पीसीआर प्रयोगशाला सञ्चालनका लागि ८ जना दक्ष प्रविधिक जनशक्ति समेत तयारी अवस्थामा रहेकाले अबको तीन दिनपछि परिक्षण सुरु हुनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.