घरमाथी ढुङ्गा खसेर गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु (फोटो फिचर)

गुल्मी-  गुल्मीमा घरमाथीबाट खसेको ढुङ्गाले च्यापिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

रुरुक्षेत्र गाउँपालिकाको वडा नंबर ५ आटीपाटामा घरमाथीबाट ढुंगाखसेर च्यापिदा स्थानीय ३० वर्षकी बिना बोटेमाझी, उनका छोरा ९ वर्षका सागर बोटेमाझी, ७ वर्षका हेमन्त बोटेमाझी र १० महिनाकी छोरी बिनिता बोटेमाझीको मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

अबिरल वर्षासँगै घरमाथीबाट ढुंगा खस्दा च्याप्पीएर उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलका अन्य घरपरिवारलाई समेत जोखिम रहेकाले सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष ज्ञवालीले बताउनु भयो ।

घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर भन्दा वढि टाढा पर्दछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.