कोरोना भाइरस परीक्षणमा पोजेटिभ रिपोर्ट आएका दुईजना सम्पर्कविहीन
रुपन्देही- रूपन्देहीको बुटवलमा थप २ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु भने सम्पर्कविहिन छन् । उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको डा गौतमले जानकारी दिनु भयो ।
परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ । भारतबाट आएका उनीहरुले कामका लागि फेरी भारत जानुअघि परीक्षण गराउन आएको बताएका थिए ।-
प्रतिक्रिया राख्नुहोस्