बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल अनौपचारिक रूपमा सञ्चालनमा

बागलुङ- बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल अनौपचारिक रूपमा सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएपछि पुल हेर्ने र तर्नेको भिडले पुलमै मेला लागे जस्तो दृश्य देखिन थालेको छ । ५६७ मिटर लामो १३८ मिटर अग्लो बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारि जोड्ने कालीगण्डकी नदि माथि निर्माण गरिएको बिश्वकै लामो सिंगल स्पानको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको ४ महिनापछि खुला गरेको हो ।

नेपालमा परिक्षणको रूपमा रहेको झोलुङ्गेपुल शुरूकै दिनमा सयौं सर्वसाधारण आवतजावत गरेर भिड बढ्न थालेपछि प्रहरी प्रशासनले निगरानी बढाएको छ ।

पुल पर्यटन प्रर्वद्धनको हिसावले महत्वपुर्ण रहेको र दुई जिल्लाविच आवाज जावत गर्न र कृषि उपज सामाग्रीहरु सदरमुकाम ल्याउन लैजानको लागी सहज हुने स्थानीयहरु बताउँछन। पुलले पर्वत र बागलुङको पर्यटन, व्यापार, कृषि, शिक्षा लगायत स्थानीयका जीवनस्तर उकास्‍न टेवा पुग्ने विश्वास गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.