अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्ष यात्रीसहितको पहिलो व्यवसायिक उडान सफल

काठमाडौं- अन्तर्राष्ट्रिय स्पेश स्टेशन-आईएसएसबाट पहिलो व्यवसायिक यानमार्फत् अन्तरिक्षयात्रीहरूको दल पृथ्वी फर्किएको छ ।

दुईजना अमेरिकी अन्तरिक्षयात्रीहरू डोग हर्ली र बब बेनकेन बोकेको स्पेश एक्स ड्रागन क्याप्सुल नामक यान फ्लोरिडास्थित समुद्री तटीय क्षेत्रमा अवतरित भएको थियो ।

उक्त यान अर्बपति व्यवसायी एलन मस्कको कम्पनीको हो । निजी कम्पनीले अन्तरिक्षमा व्यवसायिक रुपमा यात्री लैजानै-ल्याउने कार्य सुरु गरेको यो पहिलो पटक हो ।

अवतरणका क्रममा अन्तरिक्षयात्रीहरू प्यारासुटबाट समुद्रमा अवतरण गरेका थिए । ४५ वर्षपछि अन्तरिक्षयात्रीहरूले समुद्रमा अवतरण गरेका हुन् । यसअघि एपोलो अन्तरिक्ष यानका यात्रीहरू पनि अमेरिकी समुद्रमा अवतरण गरेका थिए ।

दुई महिना अगाडि सो यान प्रक्षेपणको अवलोकन गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित फिर्तीको प्रशंसा गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.