कोभिड-१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयारः डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विज्ञहरूको टोलीले कोभिड–१९ उद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले बताउनुभएको छ ।

“हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड-१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।”

यी प्रयासहरूको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका छन् ।

“अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरु सामेल हुनेछन्,” डब्ल्यूएचओ प्रमुखले बताउनुभयो ।

छिट्टै केहि सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारीविज्ञानसम्बन्धी अध्ययन सुरु हुनेछ, उहाँले भन्नुभयो । यस कामबाट उत्पन्न प्रमाण र परिकल्पनाले दीर्घकालीन अध्ययनको लागि आधार तयार पार्नेछ । दुई डब्ल्यूएचओ विशेषज्ञहरु मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाइएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.