तुइनबाट खसेर एकजना वेपत्ता, एकजना घाइते

लमजुङ- लमजुङको दोर्दी गाउँपालिकाकी एक महिला तुइनबाट खसेर वेपत्ता भएकी छन् । दोर्दी गाउँपालिका-६ सीमीगाउँकी २५ वर्षीया किफुल माया गुरुङ तुइनबाट खसेर बेपत्ता भएकी हुन् ।

सोही तुइन तर्न खोज्दा तुईन चुँढिएर दोर्दी गाउँपालिका-६ किर्तिपुरका विकास घले घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

हिजो दोर्दी गाउँपालिका-७ मा रहेको जलकन्यादेवि मन्दिरमा पुजा गर्न जाने क्रममा तुइन चुँडिएर खोलामा खसेकी महिला बेपत्ता भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाईते घले चुँडिएको तुइनमा समातेर बँच्‍न सफल भएका हुन् । उनलाई तुईनमा झुण्डिएको अवस्थामा स्थानियले देखेपछी उद्धार गरीएको स्थानियले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.