जनता आवास कार्यक्रममार्फत घर नभएका परिवारका लागि घर निर्माण

रुकुम- जिल्लाको सानीभेरी गाउँपालिकामा जनता आवास कार्यक्रम मार्फत घर नभएका परिवारका लागि घर निर्माण गरिएको छ । ११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रम अन्तरगत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो ।

सरकारी मापदण्ड र कार्यविधि अनुरुप निर्माण गरिएका घरमा हाल घरबारविहीन परिवारले बस्न पाउँदा खुशी व्यक्त गर्दै सरकारले आफूहरुलाई ठूलो सहयोग गरेको बताउने गरेका छन् ।

गाउँपालिकाले जनता आवास कार्यक्रममार्फत आार्थिक वर्ष ७६-७७ मा प्रदेश सरकारबाट आएको बजेटले घर नभएका परिवारका लागि घर निर्माण गरिदिएको बताएको छ । गाउँपालिकाका ११ वडामा कार्यक्रमको उदेश्य अनुसार घर नभएका परिवारको पहिचान गरी १९ घर परिवारलाई प्रती घर ३ लाख ५० हजारका दरले घर बनाईदिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

११ वर्ष अघिबाट संघिय सरकारले शुरु गरेको जनता आवास कार्यक्रमले हाल घरबारविहीन परिवारलाई सुःखले आफ्नै घरमा बस्ने वातावरण बनेको छ । सोही अनुरुप रुकुम पश्चिमका ६ वटै पालिकामा पनि जनता आवास कार्यक्रम मार्फत घर नभएका परिवारका लागि स्थानीय सरकारले नै घर निर्माण गरिदिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.