नेपालमा थप सावधानी नअपनाए स्थिति जटिल बन्नसक्छ- डब्लुएचओ

समुदायमा फैलन नदिन आम नागरिक सचेत हुनुपर्ने

काठमाडौं- नेपालमा अहिलेको अवस्था कायमै रहे समूदायमा कोरोना फैलनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सावधानीका उपाय अपनाउन आग्रह गरेको छ।

नेपालका लागि विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) का प्रमुख डाक्टर जोस भ्यान्डेलेअरले समुदायमा फैलन नदिन आम नागरिकको भूमिका अहम् रहेको बताउनुभएको छ । उहाँले आम नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न र हेलचक्याईँले समुदायमा कोरोना फैलन सक्छ भन्ने तर्फ सचेत हुन पनि आग्रह गर्नुभएको छ ।

नेपाल टेलिभिजनसँगको विषेश अन्तर्वार्ताका क्रममा डाक्टर भ्यान्डेलेअरले समुदायमा फैलियो भने कोरोना नियन्त्रणमा थप जटिलता देखिने पनि उल्लेख गर्नुभयो । कोरोना नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण कार्य भनेकै कन्ट्राक्ट ट्रेसिङ हो भन्नुहुँदै डाक्टर भ्यान्डेलेअरले समुदायमा कोरोना फैलनासाथ कन्ट्राक्ट ट्रेसिङको काम सबैभन्दा कठिन हुने अनुभव समेत सुनाउनुभयो । र यसका लागि नागरिक र स्थानीय तहको सहयोग एवं समन्वयकारी भूमिका अत्यन्तै जरुरी भएको उहाँको भनाइ थियो ।

त्यसैले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइकासाथ पालना गर्न र जनस्तरमा सचेतनाका कार्यक्रम संचालन गर्न उहाँले सुझाव दिनुभएको छ।
महामारी नियन्त्रणको बिषय विश्वलाई नै नयाँ अनुभव भएको भन्नुहुँदै डाकटर भ्यान्डेलेअरले नेपाल सरकारले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा देखाएको तदारुकताको प्रसंशा समेत गर्नुभएको छ।

साथै केन्द्रिय सरकार र स्थानीय सरकारबीच समन्वय गरी काम गर्न सके अझै पनि समुदायमा फैलने अवस्थाबाट रोक्न सकिने डाक्टर भ्यान्डेलेअरले बताउनुभएको छ । नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर भ्यान्डेलेअरको अन्तर्वार्ताको पूर्ण अंश नेपाल टेलिभिजनले छिट्दै प्रसारण गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.