आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिश्पर्धा हुँदै
काठमाडौँ- नेपाल प्रिमियर लिग एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन ।
दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन । यस सिजनको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन ।
यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्