बाढी पहिरो पीडितलाई सुरक्षित स्थानमा स्थान्तरण गरी अस्थायी बसोवासको व्यवस्था सुरु (भिडियो)

धादिङ- बाढी र पहिरोका कारण विस्थापित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङ र सम्वन्धित स्थानीय तहहरुले सुरक्षित स्थानमा स्थान्तरण गरी अस्थायी बसोवासको ब्यवस्था सुरु गरेका छन् ।

जिल्लाभरका एक सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

केही दिनदेखी बढेको गर्मी र अस्थायी टहरोको बसाईले गर्दा बालबालिकाहरु भने विरामी पर्न थालेको छन् । बालबालिकाहरु विरामी पर्न थालेपछि झनै समस्या आएको विस्थापितहरुको भनाइ छ ।

जमिन कतै पहिरोले बगाएको र कतै भासिन थालेकाले आफुहरु सम्वन्धित स्थानीय तह र स्थानीय प्रशासनको सहयोगमा सुरक्षित स्थानमा आएको बताउँदै पीडितहरुले सरकारसँग स्थायी बसोबासको ब्यवस्था गरिदिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.