लकडाउन पालना गराउन प्रहरीलाई हम्मे-हम्मे

मोरङ- कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि लकडाउन गरिएको मोरङका स्थानीय तहहरुमा लकडाउन पालना गराउन प्रहरीलाई हम्मे-हम्मे परेको छ ।

संघीय सरकार तथा स्थानीय तहहरुले आवश्यकता नपरी घर बाहिर ननिस्किन आग्रह गरिरहेको भएपनि सर्वसाधारणहरु बिनाकाम घर बाहिर निस्किने गरेकाले लकडाउन पालनामा समस्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अत्यावश्यक सेवाहरुका साथै स्वास्थ्य, सञ्चार र सुरक्षा बाहेकका गाडीहरु सञ्चालनमा रोक लगाइएको र चेकजाँचलाई पनि कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।

मोरङको विराटनगर महानगरपालिका, लेटाङ नगरपालिकाको ८ र ९ नम्बर वडा, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउपालिका र बुढीगंगा गाँउपालिकामा लकडाउन र सिल गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.