वर्षाले पृथ्वी राजमार्ग अबरुद्ध

काठमाडौं– वर्षाका कारण पहिरो खसेर पृथ्वी राजमार्गको जोगिमारा स्थित जवाङ्ग र मौवा खोला विचको भागमा अबरुद्ध भएको छ ।

राजमार्ग अबरुद्ध भएका कारण राजधानी प्रवेशका लागि आएका अत्यावाश्यक वस्तु र खाद्यान्न बोकेका सवारीका साधनहरु सडकमा रोकिएका छन् । राजमार्ग दुवैतपर्फ ठप्प हुँदा सयौं मालवाहक सवारीका साधनहरु सडकमा रोकिएका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको छ । पहिरो निकै ठुलो भएकाले सडक विभागले सो पहिरो पन्छाउन मुग्लिनबाट लोडर ल्याउने तयारी भइरहेको सडक विभागका साइड सुपरभाइजर हरि घिमिरेले जनाकारी दिनु भएको छ ।

पहिरो पन्छाई सडक सुचारु गराउनका लागि करिब चारदेखि पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.