श्रीलंकामा राजापाक्षे परिवारको पार्टीलाई दुई तिहाई

श्रीलंका- श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति गोतावय राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टीलाई दुई तिहाई बहुमत प्राप्त भएको छ ।

बुधवार भएको निर्वाचनमा संसदको २२५ स्थानमध्ये १४५ भन्दा बढी सिटमा राजापाक्षे दाजु्भाईको पार्टीले विजय प्राप्त गरेको समाचार छ । गत नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएपछि गोतावय राजापाक्षेले आफ्ना दाजु पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।

त्यसपछि संसदको कार्यकाल ६ महिना बाँकी रहेकै अवस्थामा राष्ट्रपतिले संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको थियो । कोरोना महामारीका कारण २ पटक स्थगित निर्वाचन अन्तत बुधवार सम्पन्न भएको थियो ।

निर्वाचनमा करीव ७१ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनपछि श्रीलंकामा राजापाक्षे दाजुभाई अहिले सर्वशक्तिशाली बन्न पुगेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.