दोलखाका विभिन्न स्थानमा आएको बाढी र पहिरोले एकजनाको मृत्यु, दर्जनौं घरमा क्षति (फोटो फिचर)

दोलखा- दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ खारे टुइनटारमा बस्तिमाथीबाट खसेको पहिरो र बाढीमा परी कालिञ्चोक गाउँपालिका-८ सुनखानी निवासी २८ वर्षिया सुरेश शिवाकोटीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिनुभयो ।

त्यस्तै जाजरकोट ठेलागाड नगरपालिका-९ का २० वर्षिय लोकेन्द्र महतो चौधरी घाइते भएका छन् । घाइते चौधरीको सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको छ ।

गएराती आएको वर्षासँगै खोला तथा नदीहरुमा बाढी बढेका कारण दर्जनौं घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । गौरीशंकरको गुरुम्फीमा खारे खोलाबाट आएको बाढी बजारमा पस्दा स्वास्थ्य चौकीसहित दर्जन भन्दा बढी घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोका कारण क्षति भएपछि ६ घर परिवारका २४ जना विस्थापित बनेका छन् ।

पहिरोका कारण पशु चौपायामा पनि ठुलै क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय दोलखाले दिएको तथ्याङ्क अनुसार ४२ वटा खसी बाख्रा मरेका छन् भने एउटा गाई पुरिएको छ ।

बाढीले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना र ५ मेगावटको घट्टे खोलामा समेत क्षति पुगेको छ । दोलखाको तामाकोशी नदीको गोगर, जगत, सिंगटीमा पानीको वहाव बढेकाले उच्च सर्तकर्ता अपनाउन जल तथा मौसम विज्ञान विभागले गयरराती नै सुचना जारी गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.