भारतमा पहिरोले पुरिएर नौको मृत्यु, ५७ बेपत्ता

काठमाडौं- भारतको केरलामा पहिरोले पुरिएर नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको उनीहरुले बताएका छन् । कामदारको आवास भवनलाई पहिरोले क्षतिग्रस्त बनाएको छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा बलियो टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिनुभयो ।

अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.