म्यान्चेस्टर सिटी र लियोन क्वार्टरफाइनलमा

यूएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति दुई खेलहरू भएका छन्। कोरोनाभाइरस महामारीका कारण मार्च १२ देखि स्थगन गरिएको च्याम्पियन्स लिग हिजोबाट पुनः सुरू भएको हो।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएराति भएको पहिलो खेलमा स्पेनिश क्लब रियाललाई एकका विरुद्ध दुई गोलले हराउँदै इङ्लिश क्लब म्यान्चेस्टर सिटीले लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । त्यस्तै अर्को खेलमा घरेलु लिग सिरि ए को विजेता इटालियन क्लब यूभेन्टसले फ्रान्सेली क्लब लियोनलाई एकका विरुद्ध दुई गोलले हरायो। तर जित निकालेपनि यूभेन्टस अन्तिम ८ मा स्थान पक्का गर्नबाट चुक्यो। अवे गोल काआधारमा जित निकाल्दै लियोनले क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

क्वाटरफाइनलमा पुग्न यूभेन्ट्सले हिजोको खेलमा कम्तीमा ३ गोल गर्नुपर्ने थियो । यसैबीच च्याम्पियन्स लिगअन्तर्गत आज राति दुई खेलहरु हुँदैछन्। पहिलो खेल घरेलु लिग बुन्डेशलिगाको विजेता जर्मन क्लब बायर्न म्युनिख र इङ्लिश क्लब चेल्सीबीच हुँदैछ। त्यस्तै दोस्रो खेल स्पेनिश क्लब बार्सिलोना र इटालियन क्लब नेपोलीबीच हुँदैछ। लिगको फाइनल खेल आगामी अगस्ट २३ मा हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.