ब्राजिलमा कोरोना संक्रमणको दर बढ्दो

काठमाडौ- दक्षिण अमेरिकी राज्य ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा मात्रै ब्राजिलमा ८ सय ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

विगत केही दिनको तुलनामा ब्राजिलमा मृत्युदर केही घटेको हो । ब्राजिलमा हालसम्म ३० लाख १३ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित भने भारतमा थपिएका छन् ।

भारतमा एकै दिनमा ६५ हजारभन्दा बढी मानिसमा संक्रमण भइसकेको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या २१ लाख ५२ हजार नाघेको छ । भारतमा हालसम्म ४३ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । विश्वमै सबैभन्दा बढी संक्रमित र मृतक रहेको अमेरिकामा बितेको २४ घन्टामा ५३ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म ५१ लाख ४८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा एकै दिनमा २ लाख ५२ नयाँ संक्रमित थपिए । विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या १ करोड ९७ लाख ८५ हजार पुगेको छ ।

यसै गरी विश्वभरि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या पनि ७ लाख २८ हजारभन्दा बढी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.