धुन्चे–स्याफ्रुबेंसी सडक सुचारु

रसुवा– एक सातादेखि अवरुद्ध पासाङ ल्हामु सडक खण्ड अन्र्तगत धुन्चे–स्याफ्रुबेंसी सडक आइतबारबाट सुचारु भएको छ ।

गएको आइतबार राति परेको वर्षा सँगै धुन्चे–स्याफ्रुबेंसी सडकखण्डको भार्खुडाँडामा सडक भासिए पछि अवरुद्ध बनेको सडकको कुना बाट नयाँ ट्रयाक खोलिए सँगै आइतबारबाट सडक सुचारु भएको हो ।

सडक सुचारु गर्नका लागि बुधबार देखि सडक डिभिजन कार्यालय नुवाकोटले एक मात्र स्काभेटरको सहयोगमा काम सुरु गरेको थियो । सडकको छेउ पूरै भासिएको हुँदा सडकको कुना बाट नयाँ ट्रयाक बनाइ सडक सञ्चालनमा लयाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाउनुभयो । सडक सञ्चालनमा आए सँगै रसुवा भन्सारमा रोकिएका कन्टेनर तथा अन्य साना तथा ठूला सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक भासिँदा करिब पाँच सय मिटर सडक कटान भएको थियो । वर्षायाम सुरु भएसँगै सडक खण्डको नयाँ–नयाँ क्षेत्रमा पहिरो गई रहेको छ ।

पहिरोका कारण बर्षाको समयमा यस सडक खण्डमा दैनिक जसो अवरुद्ध हुँदै आएको छ । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक पनि असारको अन्तिम साता देखि नै बन्द रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.