स्थानीय तहले करोडौं रकम खर्चेका सडक वर्षासँगै सवारी गुडाउनै नसकिने अवस्थामा (भिडियो)

पर्वत- वर्षायाममा अधिकांश स्थानीय सडक हिलाम्य बन्ने गरेका छन् । स्थानीय तहले करोडौं रकम खर्चेका सडकहरु वर्षासँगै सवारी साधन गुडाउनै नसकिने बनेका हुन् । यस्तै भएको छ पर्वतको मोदी गाउँपालिकामा ।

गाउँपालिकाले गत दुई आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ खर्च गरेको सबैभन्दा ठूलो सडक संजाल बाजुङ देखि क्याङ जाने सडक वर्षायामसँगै उपयोगविहिन बनेको छ ।

स्थानीय तहले सडक सञ्जाल विस्तारको लागि करोडौं रकम खर्च गरेपनि वर्षमा चार महिना पनि मुश्किलले सवारी चल्ने गरेका छन् ।

हिउँदमा पनि सामान्य मर्मत समेत नगरिदिँदा सडक चिप्लो र ग्रेड नमिलेकोले दुर्घटनाको खतरा बढी छ । मोदी गाउँपालिकाले तीन वर्षमा अझसम्म एक किलोमिटर समेत कालोपत्रे गर्न सकेको छैन । सडक सञ्जाल जोड्ने नाउँमा जथाभावी सडक विस्तार गरेपनि सडकको गुणस्तर भने कमजोर देखिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.