नेप्से परिसूचक ३७ अङ्कले

काठमाडौं- धितोपत्र बजारमा हिजो शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढ्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ । स्टकका अनुसार हिजो कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । कारोबार रकमका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो ।
यसैबीच निरन्तर उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा हिजो भने सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले घटेर एक लाख दुई हजार ४०० रुपैयाँमा कारोवार भयो । अस्ति आइतबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।
तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भयो । सुनको मुल्य मात्र होइन चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा कारोवार भयो ।





प्रतिक्रिया राख्नुहोस्