क्रिकेटर चेतन चौहानको कोरोनाभाइरस संक्रमणबाट निधन

काठमाडौं-  कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उहाँ ७३ वर्षका हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो ।

चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उहाँ महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गर्नु हुन्थ्यो ।

उहाँले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेल्नु भएको थियो । यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाउनु भएको थियो । उहाँले ७ वटा एकदिवसीय क्रिकेट खेल्नु भएको थियो । गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.