पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं– नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप भएको छ । महासंघले २०७७ फागुन ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने तय गरेको छ । महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रीय नेतृत्व चयन हुनेछ ।

हेटौंडामा तय भएको राष्ट्रिय भेला कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि बुधबार भएको भर्चुअल भेलाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय भएको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भाद्र ५ गते पूरा हुँदैछ ।

महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भाद्र मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेस गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेस गरी केन्द्रमा अभिलेख राख्ने निर्णय भएको छ ।

भेलाले मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.