क्यारेबियन प्रिमियर लिगमा सन्दीपले लिए १ विकेट

काठमाडौं- क्यारेबियन प्रिमियर लिग- सिपिएल टी–ट्वन्टी क्रिकेटको छैटौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज, ट्रीनब्यागो नाइट राइडर्ससँग पराजित भएको छ ।

ब्रायन लारा रंगशालामा सम्पन्न खेलमा जमैका तलाबाज ट्रिनव्यागोसँग ७ विकेटले पराजित भयो । तलाबाजले प्रस्तुत गरेको १३६ रनको लक्ष्य ट्रीनब्यागोले १८ ओभर १ बलमै ३ विकेटको क्षतिमा भेट्याएको थियो ।

तलाबाजका लागि नेपाली लेग स्पीनर सन्दित लामिछानेले १ विकेट लिए ।

यसअघि यी दुई टोलीबीच सीपीएलमा १६ खेल भएको छ जसमध्ये जमैका ९ खेलमा विजयी भयो। लिगको आफ्नो पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो ।

कोरोनाभाइरसका कारण हाल विश्वभर विभिन्न फ्रेन्चाइज क्रिकेट लिगहरू संचालन हुन नसकेको अवस्थामा महामारी देखिएपछि आयोजना भएको सीपीएल पहिलो टी–ट्वान्टी फ्रेन्चाइज लिग हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.