नेपाल भ्रमणमा विदेशी पर्यटकको चासो बढ्दै

काठमाडौं- कोरोना महामारीकै बीचमा पनि विदेशी पर्यटकहरूले नेपाल भ्रमणमा आउने इच्छा देखाएका छन् ।

सरकारले आगामी कात्तिक १ गतेबाट विदेशी पर्यटकहरूलाई नेपाल खुला गरेसँगै बुकिङका लागि धमाधम सोधपुछ शुरु भएको पर्यटन व्यवसायीहरु बताउँछन। अन्तर्राष्ट्रिय उडान खुलेसँगै पर्यटकहरूले नेपाल आउने मनसाय राखेर बुकिङसमेत सुरु गरेका छन।

टिकट र प्याकेज बुकिङ भइरहे पनि ‘अनअराइभल’ भिसा बन्द हुँदा भिसा लगाउन सम्बन्धित मुलुकको नेपाली दूतावास धाउनुपर्ने प्रावधानका कारण केही असहज भएको व्यबसायीहरुको भनाइ छ ।

विगतमा पर्यटकहरूलाई ‘अनअराइभल भिसा’ दिने गरिएकोमा कोरोना प्रकोपसँगै गत फागुनदेखि सबै मुलुकका लागि अनअराइभल भिसा बन्द भएका कारण असजिलो भएको एनविएम ट्राभल्सका अध्यक्ष शुर्दशन नेपालको भनाइ छ ।

सरकारले अहिले विदेशीहरूलाई अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेकामा त्यसलाई तीन दिनमा झार्नुपर्ने सुझाब पर्यटन व्यवसायीहरुको छ ।

कोभिड कहरकैबीच पनि युरोप, अमेरिका, भारत र चीनबाट पर्यटकहरु नेपाल आउन विशेष चासो देखाएको व्यवसायीहरु बताउँछन ।

सरकारले बाह्य उडानसँगै असोज १ गतेदेखि आन्तरिक उडान र लामो दूरीको सार्वजनिक यातायात पनि सञ्चालनमा ल्याएको छ।

त्यसैगरी होटल तथा रेस्टुराँका साथै ट्रेकिङ र पर्वतीय पर्यटन क्षेत्र पनि खुला भएकाले पयर्टकहरू नेपालप्रति आकर्षित भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.