पसल व्यवसाय सञ्चालनमा, तर कारोबार भने ९० प्रतिशत घटेको व्यवसायीको भनाइ

काठमाडौं- काठमाडौंमा पसल व्यवसाय सञ्चालनमा आएपनि व्यापार भने बढ्न नसकेको व्यबसायीहरुको भनाई छ । कोरोना महामारीका कारण लामो समयको लकडाउन निषेधाज्ञापछि गत भदौ २५ गते बाट पसल व्यबसाय सञ्चालनमा आएका हुन् ।
काठमाडौं उपत्यकाकै प्रमुख व्यापारिक केन्द्र असन, न्यूरोड, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा साविकको तुलनामा ९० प्रतिशतसम्म कारोबार घटेको सम्बद्ध व्यापारीहरू बताउनु हुन्छ ।
पसल खुले पनि उपभोक्ता नआउँदा दिन कटाउने बाटो मात्र भएको उहाहरूको भनाइ छ । कोभिड महामारीको त्रासका कारणले पनि मानिसहरु अत्याबश्यक काममा बाहेक घरबाट ननिस्किएका कारणले पनि बजार सुन्सान देखिएको हो। व्यापार व्यवसाय राम्ररी सञ्चालन हुन कोरोना महामारी अन्त्य हुनुपर्ने बुझाइ व्यबसायीको छ ।
लकडाउन तथा निषेधाज्ञा हटेर पसल खोल्ने वातावरण बने पनि वस्तु तथा सेवा विक्री नहुँदा अधिकांश व्यवसायी निराश छन् । लकडाउनकै बेलादेखि व्यापार सुक्दा पर्यटकिय क्षेत्र ठमेलका अधिकांश पसलहरु अहिले खाली भएका छन् । व्यापार व्यवसाय ठप्प भएकै कारण उपत्यकाका ४० प्रतिशत सटर खाली भएको अनुमान गरिएको छ ।-






प्रतिक्रिया राख्नुहोस्