इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु

तेहरान- इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ ।
सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ ।
हिजोमात्र थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । यसैबीच केही मिनेटभित्रै कोरोनाभाइरस लागे-नलागेको थाहा हुने परीक्षणले कम र मध्यम आयका भएका देशहरूमा परीक्षणको दायरा नाटकीय रूपमा बढाउन सघाउने विश्व स्वास्थ्य संगठन- डब्लुएचओले जनाएको छ।
पाँच डलरमै गर्न सकिने त्यस्तो परीक्षणले स्वास्थ्यकर्मी र प्रयोगशालाहरूको अभावको सामना गरिरहेका विकासोन्मुख देशहरूमा कोरोनाभाइरसको रोकथाम गर्न मद्दत गर्ने डब्लुएचओले बताएको छ।
ल्याटिन अमेरिकाका धेरै देशहरूसहित १ सय ३३ देशमा सो परीक्षण गरिनेछ।।






प्रतिक्रिया राख्नुहोस्