युएस ओपन टेनिस प्रतियोगीतामा एन्डी मुर्रेको विजयी सुरुवात

काठमाडौं- वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिस प्रतियोगीतामा शिर्ष स्थानका खेलाडीहरुले जित हात पार्ने क्रममा पुर्व विश्व च्याम्पियन एन्डी मुर्रेले जित निकालेका छन् ।

आज पुरुष एकलतर्फ बेलायतका मुर्रेले जापानका निसिहितो निसाइयोकालाइ ३-२ को सेटमा हराएका हुन् ।

मुर्रे पहिलो र दोस्रो सेट ४-६ र ४-६ ले पराजित हुदा बाकि सेट ७-६,७-६,६-४ ले क्रमश जिते ।

खेलमा चोट बेहोर्दै सघर्षपुर्ण जित निकालेका मुर्रेले आजको जितमा आफु निकै भावुक भएको बताएका छन् ।

आजै जर्वियन निकोलोज बासिल्लास्भिविइले अष्ट्रेलियन जोन मिल्म्यानलाइ ३-० को सेटमा पराजित गर्दै अघिल्लो चरणमा पुगेका छन् ।

महिला तर्फ पुर्व विजेता अमेरिकन सेरेना विलियम्सले आफ्नै राष्ट्रकी क्रिस्टि एनलाइ २-० को सेटमा हराउदै अघिल्लो चरणमा पुगेकी छिन् ।

त्यस्तै महिलातर्फ रसियन एकाटेरिना एलेक्सएन्ड्रवभाले किम क्किज्टर्सलाइ ६-३, ५-७ र ६-१ ले हराएकी छिन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.