कोरोनाका कारण खसि बोका बिक्रि नहुने चिन्तामा किसान (रिपोर्ट सहित)

धादिङ- कोरोना भाइरसको संक्रमणको दर नघटेका कारण यस वर्ष शिद्धलेक गाउँपालिकाका कृषकहरु मासुका लागि उत्पादन गरेको खसि बोका विक्रि नहुने हो कि भन्ने चिन्तामा छन् ।

शिद्धालेक गाउँपालीकाका किसानहरुले शहकारी मार्फत सामुहिक रुपमा गत वर्षदेखि मासुका लागि पर्व लक्षित खसि-बोका पालन सुरु गरेका थिए ।

यो वर्ष तीन करोड पचास लाख बराबर मुल्यको खसि बोका दशैंको लागि तयारी अवस्थामा रहेको शहकारीका शहजकर्ताको भनाइ छ ।

किसानहरुले अन्य पेशा ब्यवसायभन्दा निकै फाइदाजनक भएको भन्दै घाँसमा आधारित बाख्रा पालनलाई यस गाउँपालिका भरि नै महिला समुह मार्फत सुरु थिए ।

बिशेषगरि, ग्रामिण क्षेत्रका विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार गरी जिविकोपार्जनमा सहज होस् भन्दै विभिन्न गैर सरकारी संस्थाको सहयोगमा ब्यवसायिक बाख्रा पालन शुरु गरिएको उनीहरुको भनाइ छ ।

किसानले प्रति परिवार दुई लाखदेखि पाँच लाखसम्म खसि बोका विक्रि गरेर आम्दानी गर्ने गरेको किसानहरु बताउँछन।

तर यस वर्ष कोरोनाको संक्रमणका कारण चाडपर्वमा समेत असर पार्ने देखिएकोले खसि बोका विक्रिमा समस्या हुने चिन्तामा किसानहरु परेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.