२४ घण्टामा थपिए १ हजार ४१ संक्रमित, उपत्यकामा मात्रै ४ सय ८ जना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना संक्रमित भएका छन् ।

देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ महिला गरी १ हजार ४१ जना संक्रमित भएका हुन् । थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४ सय ८ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ ।

नेपालमा संक्रमित निको हुने दर ६० प्रतिशत पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.