कोभिड खोप निस्केपछि पनि विश्वभर पुर्‍याउन अझै एक वर्ष लाग्ने

काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताउनुभएको हो । पत्रकार सम्मेलन गरि वैज्ञानिक स्वामीनाथनले यस्तो जानकारी दिनुभएको बताइएको छ ।

खोपको पछिल्लो चरण अर्थात् तेस्रो तहमा हुन लागेको परिक्षण यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने स्वामीनाथनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.