निर्णायकलाई बलले हिर्काएपछि जोकोभिच युएस ओपन प्रतियोगिता खेल्न अयोग्य घोषित

काठमाडौं- विश्व टेनिसको शिर्ष वरियताका नोभाक जोकोभिचलाई अमेरिकामा भइरहेको युएस ओपन टेनिस प्रतियोगिता खेल्न अयोग्य घोषित गरिएको छ ।

प्रतियोगिताको चौथो चरणको खेल चलिरहँदा बाहिरी घेरामा बसेका निर्णायकलाई बलले हिर्काएपछि सर्वियन स्टार जोकोभिचलाई खेल अनुशासनको उलङ्घन गरेको भन्दै प्रतियोगिताबाट निकालिएको हो ।

जारी ग्राण्डस्लाम उपाधिको दावेदार मानिएका जोकोभिचलाई आफ्नै गलत कदमले १८औ पटक उपाधि जित्ने अवसरबाट विमुख हुनुपरेको छ ।

स्पेनका खेलाडी पाब्लो करिनो बुस्टासँग ६-५ को अवस्थामा सर्भिस गर्न गएका जोकोभिचले सर्भिस विगारेपछि खल्तिबाट अर्को बल निकालेर भुईंमा हानेका थिए ।

त्यही बल गएर बाहिरी घेरामा निर्णायकको जिम्मेवारी सम्हालिरहेका महिला निर्णायकको घाँटीमा लागेको थियो ।

घटना लगत्तै बसेको निर्णायकहरुको बैठकमा लामो बहस पछि जोकोभिकले जानिजानी गल्ती गरेको निष्कर्ष निकाल्दै जारी खेलका लागि अयोग्य घोषित गर्ने निर्णय भएको थियो ।

जोकोभिचलाई प्रतियोगिताको पुरस्कार राशी बराबरको वा अन्य सबै किसिमको जरिवाना तिराउने पनि अमेरिकी टेनिस संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.