इटालीमा खुले विद्यालय

काठमाडौं– लामो समयको लकडाउनपछि इटालीमा आजबाट विद्यालयहरु खुलेका छन् ।

कोरोना भाइरस निकै फैलएपछि गएको मार्चको शुरुतिर इटालीले सबै विद्यालयहरु बन्द गरेको थियो । २० वटा प्रान्तमध्ये १३ वटा प्रान्तका विद्यालयहरु आजबाट खुलेका हुन् । अन्य सात वटा प्रान्तमा भने एक सातापछि मात्र विद्यालयहरु खुल्ने छन् । विद्यालयहरु खुलेसंगै करिव ५६ लाख विद्यार्थीहरु अब पूर्ववत विद्यालय जान थालेका छन् ।

कोरोना भाइरसको महामारीको कारण इटालीमा अहिलेसम्म करिब ३६ हजार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.