बागमती प्रदेशमा प्रहरीको सुझाव पेटिका

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यलयले जनतालाई प्रवाह गर्ने सेवा थप प्रभावकारी बनाउनुका साथै प्रहरी सेवालाई जनमानसको सुझाव अनुसार चुस्त र मर्यादित बनाउने उद्देश्यले प्रदेशका स्थानीय निकायहरुमा गुनासो तथा सुझाव पेटिका राख्ने कार्यको सुरुवात गरेको छ।

एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले हेटौंडा उपमहानगरपालिका कार्यलयमा राखिएको सुझाव पेटिकाको सुरुवात गर्नुभएको छ । प्रहरी कार्यालयहरुमा पहिले देखि नै सुझाब पेटिका भए पनि सर्वसाधारणको न्यून उपस्थितिको कारण सोचे अनुसार उपलब्धि नदेखिएकोले थप प्रभावकारी बनाउन स्थानीय निकायमा नै सुझाब पेटिका राख्ने निर्णय गरिएको बागमती प्रदेश प्रमुख लामाले बताउनुभयो ।

पहिलोचरणमा बागमती प्रदेश प्रहरीको क्षेत्रभएका एक महानगरपालिका ,एक उपमहानगरपालिका , २५ नगरपालिका र सदरमुकाम रहेका गाउपालिका गरि २८ वटा स्थानीय तहमा सुझाब पेटिका राखिएका छन्। पहिलो चरणमा सुझाब पेटिकाको प्रभाब हेरी दोस्रो चरणमा गाउपालिका हुँदै अन्तिममा ७८४ नै वडाहरुमा राख्ने योजना रहेको जानकारी गराइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.